नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हरायो

नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।
त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो ।
नेपालले अव क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।