लेटाङको सार्वजनिक सुनुवाई सम्पन्न

मोरङको लेटाङ नगर कार्यपालिकाको कार्यलयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जनसेवा सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
रेडियो वेतना ९७.१ मेगाहर्ज बेलबारीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा लेटाङवासी जनताका जिज्ञासाहरुको नगरका जनप्रतिनिधि र कर्मचारीहरुले समाधान गरेका थिए ।
कार्यक्रममा नगरवासीहरुले फोहोर व्यबस्थापन,जंगली जनावारले दिने दुख,कार्यलयमा कर्मचारी नभेटिने समस्या, उपभोक्ता समितिलाई तालिमको व्यबस्था, किसानलाई मलको व्यबस्था, अघाद्य बस्तुको अनुगमन, बेरोजगारीको व्यस्थापन, भित्री गाउँमा जाने सवारी साधनको समस्या लगायतका विषयमा प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । नगर प्रमुख भूपेन्द्र कुमार लावती, उप प्रमुख कृष्ण कुमारी पोख्रेल निरौला, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे लगायत सम्बन्धित शाखा प्रमुखले जिज्ञासाको समाधान दिएका थिए ।
नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा नगरबासी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।