नेपालले युगान्डालाई १५ रनले हरायो

नेपालले चौथो महिला टि२० आई खेलमा युगान्डालाई १५ रनले पराजित गरेको छ । नेपालले सुरुवाती तीन खेल लगातर हारका साथ सिरिज गुमाई सकेको छ ।
जितको लागि ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा ९७ रनमा अल आउट भएको थियो ।
नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँचौं तथा अन्तिम खेल नेपालले शनिबार खेल्नेछ ।