कानेपोखरी ७ मा एमालेको प्यानल नै निर्वाचित

मोरङकै कानेपोखरी गाउँपालिका–७ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा मोहन अधिकारी प्यानलसहित विजयी भएका हुन् । अधिकारी यसअघि पनि वडाध्यक्ष थिए । १ हजार ३२८ मत ल्याएर अधिकारी वडाध्यक्षमा निर्वाचित हुँदा निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार मत ल्याए ।