जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकी अरुणादेवी विजयी

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन ।
अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् ।