नेपालले जिम्बावे ए लाई ९ विकेटले हरायो

नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको छ ।
जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३१.५ ओभरमा मात्र ८७ रनमा अल आउट भएको थियो ।
तेस्रो तथा अन्तिम एकदिवसिय खेल सोमबार हुनेछ । पहिलो खेलमा जिम्बावे ए ले नेपाललाई ३ विकेटले हराएको थियो । तीन टि२० अभ्यास खेल भने १–१ को बराबरीमा सकिएको थियो ।