बुवाआमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरीले बुवाआमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।