आगो निभाउने क्रममा १ जनाको मृत्यु

सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ । स्थानिय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा सार्की घाईते भएका थिए ।
उनको उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरीरहेको छ ।