ब्राउनसुगर सहित १ पक्राउ

मोरङ, ।
मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सिमा छेउबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका –४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् ।
सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवालको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।