२४ घण्टामा नेपालमा १२ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३६ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७५ जनामा झरेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।