काठमाडौंको महादेव स्थानमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । जीवन्तफर्मा केयर एण्ड प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
फर्मा परिषरमा सञ्चालनभएको शिविरमा केएमसीका डाक्टरहरुले ९६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १९३ जनाको मिडियो एक्सरे, १२१ जनाको ल्याव टेस्ट र ८७जनाको मुटुको जाँचगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
जेनेरल मेनेजर दाहालकाअनुसार दाँतको समस्यालिएर शिविरमाआएका १८ जनाको दाँतफुकालिएको छ भने जटिल प्रकृतिको समस्याभएर शिविरमाउपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले बिहीवार डल्लेचौरमाशिविर सञ्चालन गरेर ७२१ जना बिरामीको निःशुल्कउपचार गरेको थियो । केएमसीअध्यक्षको जिम्मेवारी सम्हाल्नपूर्वको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिलशर्माको प्रवेश भएसँगै केएमसीले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको छ ।