काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३० स्थित शहरी स्वास्थ्यप्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्कशिविर सञ्चालन गरिएको हो ।
प्रवर्धन केन्द्रको परिषरमा सञ्चालनभएको शिविरमा७२१ जना बिरामी लाभान्वित भएका छन् । जसमध्ये १८९ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनकाअनुसार शिविरमा १६३ जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी)पनि गरिएको छ ।
त्यस्तै दाँतको समस्याभएका २० जनाको दाँत फुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका १५ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले बुधबार काठमाडौंको बुढानिलकण्ठमा स्वास्थ्यशिविर सञ्चालन गरेर ९२१ जना बिरामीको निःशुल्कउपचार गरेको थियो । केएमसीअध्यक्षको जिम्मेवारी डा. सुनिलशर्माले सम्हाले सँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ ।