लेटाङ घटना : सर्वदलिय बैठकले गर्यो ४ बुँदे निर्णय

मोरङको लेटाङ घटनालाई सामान्य अवस्थामा ल्याउन बसेको सर्वदलिय बैठकले ४ बुँदे निर्णय गरेको छ । वडा नं ५ मा रहेको शिक्षा बिकास माबिमा शिक्षक द्वारा छात्रालाई दुव्र्यवहार गरेको घट्नाले उग्र रुप लिदा भएको हिंसात्मक घट्ना बाट सिर्जित अवस्थालाई सामान्य अवस्थामा ल्याउने उद्देश्यले नगरपालिकाको आयोजनामा बसेको सर्वदलिय बैठकले ४ बुदेँ निर्णय गरेको हो ।
बैठकले जीवन गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने तथा उक्त घटनामा घाइते भएकाहरुको उपचार, भौतिक संरचना पुर्निर्माणका लागि प्रदेश सरकार संघीय सरकार समक्ष अनुरोध गर्ने, पीडित पक्षलाई न्यायका लागि सबै पक्षले सहयोग गर्ने र घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको कारबाहीका लागि प्रशासनलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

कर्फ्यू आदेश सहजताका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गर्ने र विद्यालयको पठनपाठन पूर्ववत रुपमा सञ्चालन गर्न सबैले आवश्यक समन्वय र सहयोग समेत निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख शंकर राईको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको थियो ।