झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन एक हजार बिरामीको उपचार


झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुईदिने शिविर सञ्चालन गरेको हो ।
कनकाईमाध्यमिकविद्यालयमा सञ्चालनभएको शिविरको पहिलो दिन १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागिशिविरमाआएका१८९जनाको रक्त परीक्षण, १७८ जनाको भिडियो एक्सरे र ९७जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतमा समस्याभएका ३२ जनाको दाँतखोलिएको छ ।शिविर बुधवार पनिजारी रहने आयोजकले जनाएको छ ।
नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामास्वास्थ्यशिविर सञ्चालन गरेर ७५३ जना बिरामीको निःशुल्कउपचार गरेको थियो । ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालकागाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।