काठमाडौंको धुम्बाराहीमा केएमसीको स्वास्थ्यशिविर, एक हजार बिरामीको निःशुल्कउपचार

काठमाडौंमहानगरपालिका–४ स्थित धुम्बाराहीपिपलबोटमाआइतबारनिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, गुड अटो मोबाईल, लायन्स क्लबअफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लबअफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमाएक दिने निःशुल्कशिविर सञ्चालनगरिएको हो ।
महेन्द्र अटो मोबाईलको प्राङ्गणमा सञ्चालनभएको शिविरमा१०१३जना बिरामीको निःशुल्कस्वास्थ्य परीक्षणगरिएको छ । शिविरमा२२१जनाको रक्त परीक्षण, १८९जनाको भिडियो एक्सरे र १५६जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२जनाको दाँतनिकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले बिहीबार काभ्रेको पनौतीमानिःशुल्क स्वास्थ्यशिविर आयोजना गरेर १११३ जना बिरामीको उपचार गरेको थियो ।डा.सुनिलशर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीब्रतादिएको केएमसीले बिभिन्नजिल्लामापुगेर स्वास्थ्यशिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्कउपचार गर्दै आएको छ ।