१७ जना मनोनित भएसँगै मोरङ काँग्रेसले पायो पुर्णता

नेपाली काँग्रेस मोरङका जिल्ला सभापति डिक बहादुर लिम्बुले सोमबार १७ जनालाई मनोनित गरेसँगै जिल्ला कार्यसमितिले पुर्णता पाएको छ । पुर्णता पाएसँगै जिल्ला कार्य समिति १ सय ३ सदसिय भएको छ ।
मनोनित हुने जिल्ला सदस्यहरुमा क्षेत्र नं १ बाट मान राई र बिरबल थापा, क्षेत्र नं २ बाट तारानाथ प्रसाई, रन्जन थापा र देबेन्द्र लुइटेल रहेका छन । त्यसैगरी क्षेत्र नं ३ बाट जलधर राजबंशी, साजन मिया र सकुन्तला सुवेदी, क्षेत्र नं ४ बाट गोबिन्द कार्की, दुर्गा भटराई कोइराला, रेखा शर्मा पराजुली र मुखनी देवी माझी, क्षेत्र नं ५ बाट दिलिप पोख्रेल र श्रवन केवट र क्षेत्रनं ६ बाट प्रकाश दाहाल, मन्जु श्रेष्ठ र निर बहादुर शाही मनोनित भएका छन ।
ट्रेड युनियन तथा खेलकुद क्षेत्रबाट रन्जन थापा, अल्पसंख्य तथा अपांङग क्षेत्रबाट मुखनी देवी माझी, मुसलमान बाट साजन मिया र महिलाबाट ५ जना गरी समितिलाई पुर्णता दिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।
यस भन्दा अघिल्लो बैठकले कोषाध्यक्षमा मन्जु अधिकारीलाई मनोनित गरेको थियो ।
८६ जना निर्वाचित रहेका जिल्ला सदस्य १७ जना मनोनित गरेर १ सय ३ जनाको जिल्ला कार्यसमिति रहने भएको छ । समितिमा ३८ जना महिला समेटिदा ३३ प्रतिशत भन्दा बढी भएको छ ।