सुनसरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

सुनसरीको गढी गाउँपालिकामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।
इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालितशिविरमा७५३ जना बिरामीकोलाभान्वितभएका छन् । उपचारकालागिशिविरमाआएका१७७जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ८७जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।त्यस्तै दाँतमा समस्याभएका ३१ जनाको दाँतखोलिएको छ ।
ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालकागाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।