बुबाको हत्या आरोपमा छोरा पक्राउ

संखुवासभा ।
संखुवासभाको सभापोखरी गाउँपालिका–२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.