गाँजा सहित ३ जना पक्राउ

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका-८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले ४ सय के.जी. गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका-७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका-१ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो ।

उनिहरुको साथबाट प्रहरीले नगद ६३,०२५ ।-(त्रिसठ्ठी हजार पचिस रुपैँया) समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।