थप चार सय ३७ जनामा कोरोना संक्रमण

शुकबार नेपालमा  थप चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ९१ जनाको नमूना परीक्षण गर्दा चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ५४ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ३५ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन् ।