साफ यू १९ महिला च्याम्पियनसिप : उद्घाटनमा नेपालले भारतको सामना गर्ने

साफ यू १९ महिला च्याम्पियनसिप उद्घाटनमा नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अर्को महिना भारतमा आयोजना हुने साफ यू १९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफ चैत १ देखि ११ गते सम्म भारतको जम्सेदपुरमा हुनेछ ।


नेपाल, आयोजक भारत र बंगलादेश गरि ३ राष्ट्रको सहभागिता रहने च्याम्पिनसिपमा सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । डबल राउन्ड लिगपछि शीर्ष रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफले जनाएको छ ।

नेपाल र भारतबीच चैत १ गते च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपालले बंगलादेशसँग दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले चैत ७ गते भारत र चैत ९ मा पुनः बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।