चक्कु प्रहार गरी श्रीमतीको हत्या

झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

तामाङले मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए ।

चक्कु प्रहार गर्ने तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।