चिरपट प्रहार गरी आमाको हत्या

मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । घरयासी बिबादका कारण भण्डारीले ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए ।

चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।