करेन्ट लागेर १ जनाको मृत्यु

झापाको मेचिनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन ।

आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो ।

घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।