झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन ।
घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबिरहेको अवस्थामा काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।