लागुऔषध सहित पक्राउ

सुनसरी ।

सुनसरी कोशी गाऊपालिका ८ स्थित भण्टाबारी बजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कंचनरुप नगरपालिका १२ का २९ बर्षीय धन कुमार विश्वकर्मा रहेका छन् ।

सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई DIALUX-DC २ बोतल, SPASMO PROXYVON PLUS ३२ ट्याब्लेट, NIRAVET-10 ३० ट्याब्लेट , NITROSUN-10 ५० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।