मगलबार एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ ।
थप पाँच हजार एक सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।