तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण

बुधबार नेपालमा तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सात हजार पाँच सय ५५ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ६९ हजार दुई सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।