प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

सुनसरी ।

सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन ।

संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।