हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१३ का एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।