बेलवरी जेसिजले निशुल्क बाँड्यो मास्क

बेलवारी जेसिजले सोमबार निशुल्क मास्क बितरण गरेको छ । बेलवारी जेसिज बर्ष २०२२ बोर्डको पहिलो कार्यक्रमका रुपमा “स्वास्थ्य सचेतना एवं माक्स बितरण गरेको हो ।

जेसिजले ईलाका प्रहरी कार्यालय बेलवारी, बस स्टेसनमा बसका चालकहरु, अटो रिक्साका चालकहरु, बेलवारी बजारका ब्यवसायीहरु लगायत जनसमुदायहरुमा पुगेर कोभिड बाट सुरक्षित हुने न्युनतम स्वास्थ्य मापदण्डका विषयमा सचेतना गराउदै, नि–शुल्क माक्स बितरण गरेको जेसि ऐश्वर्य प्र.आचार्य बिपिनले बताए ।