६ हजार आठ सय २७ जनामा काेराेना

शुक्रबार नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेकाे छ । नेपालमा अहिले ८९ हजार नाै सय ४१ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेकाे छन् । 

२४ घण्टामा १० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ९७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।