नेपालमा थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार पाँच सय ७६ रहेको छ ।