लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ

बिराटनगर ।

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका-७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका-४ का २० बर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया -३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् ।

 बुधवार राती ७ बजेको समयमा बिराटनगर-१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित पक्राउ परेका हुन् भने मोरङकै सुनवर्सी नगरपालिका-८ बाट राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।