२४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । थप चार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले देशभर गरी ५७ हजार तीन सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।