लागु औषध सहित २ जना पक्राउ

मोरङ, ।

मोरङको रतुवामाई नगरपालिका-९ बाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन ।

प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो । प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।