दोलखाको चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार

दोलखा ।
दोलखाको चरिकोटमा आयोजितदुई दिने निःशुल्क स्वास्थ्यशिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्कउपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो ।
चरिकोट स्वास्थ्यचौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ४२५ जनाको रक्त परीक्षण, ३३८ जनाको भिडियो एक्सरे र २८९ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ९९ जनाको दाँत खोलिएको छ ।
शिविरको पहिलो दिन एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ९३ जना बिरामीलाई अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।