भाषा संरक्षण गर्नु पर्नेमा मन्त्री यादवको जोड

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजाती मिलेरे भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । मातृभाषा हराउँदै गएको भन्दै उहाँले भाषा संरक्षणमा जोड दिनुभएको हो ।
भाषा आयोगद्धारा घोषित प्रादेशिक भाषा मैथली र लिम्वु संवन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरामा जोड दिनु भएको हो । उहाँले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मातृभाषाको संरक्षण हुन नसके विस्तारै हराएर जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले पनि सवै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
विराटनगरका मैथली र लिम्वु भाषिक संस्थाहरुको आयोजनामा भएको कार्यक्रम ध्रव सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सामाजिक विकास मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।