काभे्रको चौकोटस्थित काठमाडौं युनिभर्सिटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं ।
काभ्रेको पनौती नगरपालिका–५ चौकोटस्थित काठमाडौं यूनिभर्सिटी परिषरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पनौती नगरपालिका वडा नंम्बर ५ को आयोजना र सुब्बा गाउँ स्वास्थ्य चौकीको सहयोगमा सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १२१ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ४२ जनाको दाँत खोलिएकोे छ ।
केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।