बेलबारीको रमितेमा वडास्तरिय भलीबल हुने


बेलबारी २ स्थित रमिते टोल विकास संस्थाको आयोजनामा प्रथम नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सो प्रतियोगितामा बेलबारी नगरपालिकाका ८ वटा वडाका भलीबल टिमहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ । खेलप्रचार संयोजक भुपेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा वडानम्बर १,२,३, ४,५,८,१० र ११ का टिमहरु सहभागी हुनेछन् । प्रतियोगिता पुस २२ गतेदेखि २४ गतेसम्म बेलबारी २ को रमिते पर्यटकिय क्षेत्रभित्र रहेको मैदानमा सञ्चालन हुने खेल संयोजक उमेस बस्नेतले जानकारी दिनुभएको छ ।
प्रतियोगिताका विजेता टिमले ३० हजार र उपविजेता विजेता टिमले २० हजार नगदसहित मेडल,ट्रफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै
भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट सर्भर उत्कृष्ट स्पाईकर, उत्कृष्ट सटर ,उत्कृष्ट डिफेन्स ,उत्कृष्ट ब्लकर ,र उदयमान खेलाडीलाई जनही २ हजार नगद सहित मेडल,ट्रफि र प्रमाण पत्र प्रदान गरिने प्रचार संयोजक अधिकारीले बताउनुभयो । प्रतियोगितामा विभिन्न स्थानबाट प्रायोजन भएको छ भने बेलबारी वडानम्बर २ बाट आर्थिक सहयोग रहेको छ ।