ए डिभिजन लिग : हिमालयन शेर्पाले सातदोबाटोलाई हरायो

सातदोबाटोमाथि जित निकाल्दै हिमालयन शेर्पा क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

कप्तान विश्वास श्रेष्ठको गोलमा शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गर्दै अंक तालिकामा सुधार गरेको हो । फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो ।

शेर्पाको यो लगातार तेस्रो जित हो । जितसँगै शेर्पा ७ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान ११ अंक नै रहेपनि आर्मी गोलअन्तरमा चौथो स्थानमा रहेको छ । पराजित सातदोबाटो ७ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।