बेलबारीमा पुष २४ गते स्रष्टा सम्मान कार्यक्रम : संस्कृतिविद डा.जगमान गुरुङ आउने


बेलबारी साहित्य विकास समितिले पुस २४ गते स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गर्ने भएको छ । स्रष्टा सम्मान तथा पुरस्कार वितरण एवम् रचना वाचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डाक्टर जगमान गुरुङ प्रमुख अतिथी रहनुहुने बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीले जानकारी दिनुभयो । समितिले वुधबार बेलबारीको ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो । सोहीदिन समितिको चौथो साधारणसभा पनि हुने भएको छ ।
कार्यक्रममा साहित्यकार इरान राईलाई २५ हजार रुपैयाँ नगद राशि सहितको बेलबारी साहित्य पुरस्कार र कलाकार मेखराज कार्कीलाई १५ हजार रुपैयाँ राशिको बेलबारी कला पुरस्कार प्रदान गरिने भएको छ । प्राज्ञ एवम् लेखक गंगा सुवेदीलाई विशेष सम्मान समेत प्रदान गरिने अध्यक्ष लेकालीले जानकारी दिनुभएको छ ।


कार्यक्रममा चर्चित साहित्यकारहरुले रचना प्रस्तुत गर्ने समितिकी कोषाध्यक्ष पार्वती बरालले बताउनुभएको छ ।
विगत वर्षहरुदेखि नै साहित्य तथा कला क्षेत्रमा सक्रिय स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको समितिले त्यसकै निरन्तरता स्वरुप पुरस्कार वितरण गर्न लागेको हो । अध्यक्ष लेकालीका अनुसार बेलबारी साहित्य पुरस्कारबाट यसअघि हर्कमान तामाङ र रमेशकुमार तामाङ पुरस्कृत भैसक्नुभएको छ । बेलबारी कला पुरस्कारबाट श्याम गौतम र शिव छाङ्छा पुरस्कृत हुनुभएको थियो ।




Leave a Reply

Your email address will not be published.