पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।

यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ ।

सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।