ए.टि.एम. मेसिन तोडफोड गर्ने पक्राउ

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन ।

आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।