एमबीबीएस भर्नामा बढी शुल्क लिएको छैन : शुनिल शर्मा

काठमाडौँ मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल कुमार शर्माले एमबीबीएस अध्ययनको नयाँ भर्नाका लागि चिकित्सा शिक्षा आयोगको अनुसार नै शुल्क लिएको बताएका छन् ।

अध्यक्ष शर्माका अनुसार चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक कुनै पनि अतिरिक्त शुल्क काठमाडौँ मेडिकल कलेजले लिएको छैन ।

‘कुन विषयको शुल्क कति लिने भनेर चिकित्सा शिक्षा आयोगले नै निर्धारण गरेको छ ।’ अध्यक्ष शर्माले भने, ‘सोही अनुसार नै आयोगले तोकेको मूल्य नै हामीले वेबसाईटमा प्रस्ट रुपमा राखेका छौँ, अतिरिक्त शुल्क लिने कुराको कुनै गुन्जायस छैन ।’

बढी शुल्क लिएको बारे आयोगले जारीगरेको सूचनामा काठमाडौँ मेडिकल कलेज नपर्ने समेत उनले स्पष्ट पारेका छन् ।

हिमालय पोस्टबाट




Leave a Reply

Your email address will not be published.