सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१ का २५ बर्षिय गंगाराम चौधरी रहेका छन ।

बिहान ९ बजे चौदण्डीगढी-५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको हो । सोही मोटरसाईकल पछाडि सवार निजको श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकोमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ ।

टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका-८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।