सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

सुनसरी ।

सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ बर्षिय रंजित चौधरी रहेका छन ।

शनिबार दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो ।

उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।