सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

झापा ।

झापाको दमक नगरपालिका-४ मा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवास रहेका छन् ।

मंगलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।

गाडी तथा गाडि चालक धनकुटा नगरपालिका-१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।