सुकुना क्याम्पमा शिविर, नोबेलका डाक्टरले गरे १४ सय विरामीको निःशुल्क उपचार

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिषरमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका लागिआएका २१३जनाको रक्त परीक्षण, १६७जनाको मुटुको जाँच (इसीजी) र १६३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ६३ जनाको दाँत उखेलिएको छ ।
ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट बिपन्नबर्गका विरामीहरुलाई फाइदापुग्ने भएकाले स्वास्थ्यशिविर सञ्चालनलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालन डा.सुनिलशर्मा बताउँछन् ।
डा.शर्मा अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ ।