सवारी दुर्घटनामा १ को मृत्यु

सुनसरीको गढी गाँउपालिका-५ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा गढी गाँउपालिका-६ का २५ बर्षिय निराजन राय रहेका छन् । शनिबार राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई  ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाईकल पछाडि सवार गढी-६ कै २७ बर्षिय अक्षय राय घाईते भई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्‍याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।